विश्वकप क्रिकेट फाइनलमा 'म्याच फिक्सिङ' !

pakis-1

इस्लामाबाद । सन् १९९९ क्रिकेट विश्वकप फाइनलमा ‘म्याच फिक्सिङ’ भएको पाकिस्तानी पूर्व खेलाडीले आरोप लगाएका छन् । तत्कालिन पाकिस्तानी क्रिकेट कप्तान वसिम अक्रमविरुद्ध आरोप लगाउँदै पाकिस्तानका पूर्व क्रिकेट खेलाडी सरफराज नवाजले लड्समा खेलिएको फाइनलमा अस्टे«लियासँगको खेलमा ‘म्याच फिक्सिङ’ भएको बताएका छन् ।

सरफराज नवाजले पाकिस्तानी एक च्यानलसँगको कुराकानीमा उक्त कुरा बताएका थिए । उनले भनेका छन्, सन् १९९९ को फाइनल खेल फिक्स थियो, जसमा पाकिस्तानी टिमले जानीबुझी पराजित भएका थियो ।’

उनले वसिम अक्रमको कप्तानीमा सन् १९९९ मा खेलेका दुई खेलमा ‘म्याच फिक्सिङ’ भएको बताएका छन् । उनले फाइनल अघि पाकिस्तान र बंगलादेशबीचको खेलमा मिलेमतो भएको बताएका छन् ।

सन् १९९९ को मे ३१मा खेलिएको खेलमा पाकिस्तानले बंगलादेशसँग जानी जानी हारेको उनले बताएका छन् । उक्त खेलमा बंगलादेशले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तान १ सय ६१ रनमा अलआउट हुँदै ६२ रनले हारेको थियो ।

त्यस्तै उनले सन् १९९९ को जुन २० मा लड्समा खेलिएको फाइनलमा पनि पाकिस्तानले जानी बुझी खेल गुमाएको बताएका छन् । उनले खेल अघि आफूले कप्तान अक्रमसँग भेटेको खुलाशा गरेका छन् ।

उनले भनेका छन्, ‘मसँगको भेटमा अक्रमले हामीले जसरी पनि यो खेल जित्नुपर्ने हुन्छ, किनकी यस खेलमा ‘म्याच फिक्सिङ’ को हल्ला फैलिएको छ ।’ तर सो खेलमा पाकिस्तान अस्टे«ेलियासँग पराजित भयो ।

उक्त फाइनल नेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै जम्मा १ सय ३२ रन बनाएको थियो, १ सय ३३ रनको लक्ष्य अस्टे«ेलियाले २०.१ ओभरमा पूरा गर्दै दोस्रोपटक विश्वकप जितेको थियो ।

नवाजले विश्वकप पछि खेलाडीसँग सोधपुछ भएको र उक्त मिटिङमा इमरान खान पनि सहभागी भएको बताए, साथै उनले वसिम अक्रमको सम्पत्ति उनको आम्दानीभन्दा कैयौं बढी रहेको पनि नवाजले बताए ।

 

Comments

Top