सरकारलाई लकडाउन ७ दिन थप्न समितिको सुझाव

corona

काठमाडौं । कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले लकडाउन ७ दिन लम्ब्याउनुपर्ने सुझाव दिएको छ ।

सोही अनुसार सरकारले आगामी ७ दिनका लागि लकडाउन बढाउने तयारी गरिएको बताइएपनि सरकारले कोरोना संक्रमितको संख्यालाइ मध्यनजर गर्दै ७ देखि १० दिनसम्म लकडाउन थप्न सक्ने बताइएको छ ।

पछिल्ला दिनमा नेपालगञ्जमा एक्कासी संक्रमित देखिएपछि सरकारले लकडाउन बढाउने निर्णय गर्न लागेको जनाइएको छ । एकैदिन १५ जनामा संक्रमण देखिएपछि भोलिदेखि २५ गतेसम्म नेपालगञ्ज उपमहानगरभित्र कर्फ्यु घोषणा गरिएको छ ।

लकडाउन लम्ब्याइए पनि कोरोना संक्रमणको अवस्था हेरी विभिन्न ठाउँमा खुकुलो पार्ने समेत सरकारको तयारी रहेको समितिका एक सदस्यले बताए । ‘बैठकमा लकडाउन सात दिन थप्नेबारे छलफल भएको हो। तर संक्रमणको अवस्था हेरी विभिन्न ठाउँमा खुकुलो पार्न सकिने पनि सुझाव आएको छ’, ती सदस्यले भने ।

Comments

Top