कोरोनाविरुद्ध कठोर कर्णाली, एक सातासम्म प्रदेश 'लक' गर्ने निर्णय

Karnali

 

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ७५ जना संक्रमित र करिब ६० हजारको परिक्षण गर्दासम्म एक जनामा पनि संक्रमण नदेखिएको र आईसोलेसनमा पनि बस्न नपरेको कर्णाली प्रदेश कोरोना नियन्त्रणका लागि कठोर देखिएको छ । यसै शिलशिलामा कर्णाली प्रदेशले भोलिदेखि एक साताका लागि आप्mनो प्रदेश ‘लक’ गर्ने घोषणा गरेको छ ।

हालसम्म देशभरिका अन्य प्रदेशहरुमा संक्रमण देखिए पनि देशकै दुर्गम मानिएको प्रदेश कर्णालीमा हालसम्म एक जनामा पनि संक्रमण देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले अहिलेसम्म कर्णाली प्रदेशमा एक जना पनि आइसोलेसनमा पनि बस्न नपरेको बताएका छन् ।

देशकै दुर्गम मानिएको कर्णाली प्रदेशले प्रदेश नं. ५ को मुख्य सहर नेपालगञ्जमा एकैदिन देखिएको १५ जनाको संक्रमणपछि प्रदेश ‘लक’ गर्ने घोषणा गरेको हो ।
प्रदेशको विपद व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले सवारी तथा पैदलमार्ग पूर्ण रुपमा बन्द गरी लकडाउन मजवुत बनाउने निर्णय गरेको हो ।

प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको अवस्था र विवरण सम्बन्धित स्थानीय तहले तयार पारी प्रदेश सरकारलाई जानकारी गराउने पनि बैठकले निर्णय गरेको छ । उक्त अवधिमा कर्णाली प्रदेश प्रवेशका लागि पूर्णरुपमा रोक लगाइने जनाइएको छ । 

हालसम्म देशभरिमा ७५ जना संक्रमित देखिएकोमा १६ जना उपचार पछि घर फर्किसकेका छन् ।

 

Comments

Top