नेपालगञ्जमा थप ७ मा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ८२ पुग्यो

Mynews_1

 

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा ८२ जना मध्ये १६ जना उपचार पछि घर फर्किसकेका छन् भने ६६ जना उपचारका क्रममा अस्पताल र अस्पताल जाने क्रममा रहेको जनाइएको छ ।

यसअघि नेपालगञ्जमा एकै दिन १५ जना र त्यस भन्दा अगाडि १ जनामा संक्रमण देखिएको थियो । त्यस्तै उपमहानगरभित्र आगामी २५ गतेसम्मका लागि कप्mर्यु घोषणा गरिएको छ ।

82

 

Comments

Top