डिस्चार्ज हुने तयारीमा उदयपुर भुल्केका ६ संक्रमित

koshi

उदयपुर । उदयपुरको भुल्के मस्जिद र त्यस वरिपरिका कोरोना संक्रमण देखिएका २८ जनामध्ये ६ जनालाई कोरोना परिक्षण गर्दा नेगेटिभ देखिएको जनाइएको छ ।

लगातार दोस्रो पटकसम्म नेगेटिभ देखिएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ । नेगेटिभ देखिएका ६ जनालाई भोलि बुधबार डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।

हालसम्म नेपालमा ८२ जना संक्रमित देखिएकोमा यसअघि १६ जना उपचार पछि घर फर्किसकेको अवस्था भने बाँकी ६६ जना अस्पतालमा उपचार गराइरहेका छन् । भोलि डिस्चार्ज हुने ६ जनासमेत गरेर यसपछि डिस्चार्ज हुनेको संख्या २२ हुने जनाइएको छ ।

Comments

Top