लकडाउन थपिने निश्चित, हवाई उडान थप १५ दिन प्रतिबन्ध हुने !

mantriparisad

फाइल फोटो ।

काठमाडौं । नेपाल सरकारले बुधबार बिहान ११ बजे बस्ने मन्त्रीपरिषद् बैठकबाट लकडाउन थप्ने निर्णय गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि थप्नुपर्ने निर्णय गरेको थियो ।

बुधबार बस्ने मन्त्रिपरिषदको बैठकले यसबारेमा अन्तिम निर्णय गर्ने निष्कर्ष निकालेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए । लकडाउन बढाउनुपर्ने निश्चित देखिए पनि यसको मोडालिटी र समयबारे भने बुधबारको मन्त्रीपरिषद्को बैठकले मात्रै टुंगो लगाउने जनाइएको छ ।

साथै मन्त्रीपरिषद् बैठकमा ७ देखि १० दिनसम्म लकडाउन बढाउने विषयमा छलफल हुनुका साथै जेठ २ गतेसम्म कायम रहेको हवाई उडान प्रतिबन्धका बारेमा पनि छलफल गरी निर्णय लिने स्रोतले जनाएको छ ।

सरकारले हवाई उडान प्रतिबन्ध थप १५ दिने थप्ने तयारी गरे पनि त्यसबारे भोलीको बैठकले नै अन्तिम निर्णय गर्ने जनाइएको छ । बैठकमा काठमाडौं उपत्यकामा लकडाउनलाई केही कडाई गर्ने सम्बन्धमा पनि छलफल हुने स्रोतले जनाएको छ ।

Comments

Top