लकडाउन थप्न अहिले ११ बजे मन्त्रीपरिषद् बैठक बस्दै, यी हुनेछन् मन्त्रीपरिषदमा छलफलका विषय

mantri

फाइल तस्वीर ।

 

काठमाडौं । लकडाउन बढाउनेसम्बन्धमा छलफल र निर्णय गर्नका लागि अहिले बिहान ११ बजे मन्त्रीपरिषद् बैठक बस्दैछ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि थप्नुपर्ने निष्कर्ष निकाल्दै मोडालिटीको बारेमा पनि छलफल गर्नुपर्ने बताएको थियो ।

मन्त्रीपरिषद् बैठकमा लकडाउन ७ दिनका लागि थपिन सक्ने स्रोतले जनाएको छ ।

त्यस्तै मन्त्रीपरिषद् बैठकमा जेठ २ गतेसम्म गरिएको हवाई उडान प्रतिबन्धका बारेमा पनि छलफल गरी निर्णय लिने स्रोतले जनाएको छ ।

सरकारले हवाई उडान प्रतिबन्ध थप १५ दिने थप्ने तयारी गरे पनि त्यसबारे बैठकले नै अन्तिम निर्णय गर्ने जनाइएको छ ।

त्यस्तै बैठकमा लकडाउनको मोडालिटीका साथै उपत्यकामा लकडाउनको अवस्थालाई मध्यनजर गर्दै थप कडाई गर्ने विषयमा छलफल हुने पनि स्रोतले जनाएको छ ।

Comments

Top