विराटनगर । विराटनगरस्थित कोशी कोरोना अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित मध्ये उदयपुरको भुल्के मस्जिदका ६ जना जमातीहरु उपचार पछि डिस्चार्ज भएका छन् ।
लगातार दोस्रो पटकसम्म नेगेटिभ देखिएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको जनाइएको छ । उनीहरुलाई प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले फुलको गुच्छा दिँदै अस्पतालबाट बिदाई गरेको जनाइएको छ ।
हालसम्म नेपालमा ८२ जना संक्रमित देखिएकोमा यससँगै २२ जना उपचार पछि घर फर्किसकेको अवस्था भने बाँकी ६० जना देशभरका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् ।
Comments