काभ्रे जिल्ला प्रवेशमा आजदेखि पूर्ण रोक

kavre

काभ्रे । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रे प्रवेश गर्ने सबै नाका आजदेखि बन्द गरिएको छ ।

काभ्रेसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर नाकाबाट जिल्ला प्रवेशमा पूर्णरूपमा रोक लगाइएको जनाइएको छ ।

जिल्लास्थित कोभिड–१० रोकथाम तथा नियन्त्रण, व्यवस्थापन समितिले काभ्रेसँग सीमा जोडिएका सबै स्थानमा अत्यावश्यक सवारीबाहेकलई पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको हो।

Comments

Top