पछिल्लो २४ घन्टामा नयाँ संक्रमित देखिएका छैनन्ः मन्त्रालय

1 Health

काठमाडौं । नेपालमा बिहीबार थप मानिससमा कोरोना भाइरसको संक्रमण देखिएको छैन। बिहीबार प्रयोगशाला परीक्षण गर्दा थप मानिसमा संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले नियमित रुपमा गर्दै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपाल अमेरिका मेडिकल फाउन्डेसनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ६८ लाख २५ हजार २ सय रुपैयाँ सहयोग गरेको बताए ।

हालसम्म ९९ जना संक्रमित भएको र ती मध्ये २२ जना उपचारपछि निको भएको पनि उनले जनाए ।

Comments

Top