अफ्रिकामा कोरोनाका कारण १ लाख ९० हजारको मृत्यु हुनसक्ने डब्लूएचओको चेतावनी

Africa_Who

 

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अहिले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अफ्रिकामा मात्र १ लाख ९० हजारको मृत्यु हुने चेतावनी दिएको छ ।

अफ्रिकाका डब्लूएओकी क्षेत्रीय निर्देशक डा. मतशिडिसो मोइटीले कोरोना भाइरसले अफ्रिकामा धेरै वर्षसम्म असर गरिरहने बताइन् ।

डब्लूएचओले अफ्रिकामा पहिलो वर्षमात्रै २९ मिलियनदेखि ४४ मिलियन अफ्रिकीहरु प्रभावित हुने अनुमान लगाएको छ । ती मध्ये ५.५ मिलियनभन्दा धेरै मानिसहरुलाई अस्पतालको आवश्यक पर्ने देखिन्छ ।

एक अध्ययनले अफ्रिकाका ४७ देशमा १० लाख मानिस बराबर ९ वटामात्र आईसीयू रहेको देखाएको छ । जुन, ज्यादै अकल्पनीय भएको डब्लूएओले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित