चीन र भारतीय सेनाबीच सीमानामा भिडन्त, ११ सैनिक घाइते

China_India

सिक्किम । भारतको उत्तरी सिक्किमस्थित दुई देशीय सीमाना खटिएका भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ। झडपमा परी चार भारतीय र सात चिनियाँ सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार शनिबार उत्तरी सिक्किमको नाकु ला क्षेत्रमा दुई देशका सैनिक झडप भएको हो। एक सैनिक अधिकारीले विवादलाई स्थानीय स्तरमै वार्ता गरेर टुंग्याइएको बताएका छन्।

यसबारे दुबै देशले औपचारिक प्रतिक्रिया जनाएका छैनन्।

सीमामा दुई देशका सैनिकहरूबीच झडप भएको यो पहिलो पटक भने होइन। तीन वर्षअघि दोक्लममा दुई देशका सैनिक आमनेसामने भएका थिए।

प्रतिक्रिया

सम्बन्धित