भारतीय क्रिकेट खेलाडी कसले कति पढेका छन् त ? कोही डाक्टर, कोही इन्जिनियर

indian

 

काठमाडाैं ।  सबलाई थाहा हुनसक्छ भीभीएस लक्ष्मण भारतका चर्चित क्रिकेट खेलाडी हुन्, जो अस्ट्रेलियाविरुद्धको खेलमा भारतका लागि प्रायः निर्णायक बन्ने गर्दथे, तर उनै लक्ष्मण एमबीबीएस डाक्टर हुन् भन्ने कुरा कसैलाई थाहा नहुन सक्छ ।

क्रिकेटका माध्यमबाट विश्वचर्चित बनेका खेलाडीहरुको अन्य जीवन कस्तो होला सबैलाई कौतुहलताको विषय बन्न सक्छ । त्यसैमाथि क्रिकेटबाट विश्व हल्लाएका खेलाडीहरुले बोल्ने खेलका क्रममा बोल्ने शैली । त्यसलाई मध्यनजर गर्दा केही भारतीय खेलाडीहरुको शैक्षिक योग्यताका बारेमा चर्चा गरौं ।

राहुल द्रवीडः क्रिकेटका ‘द ग्रेट वाल’ का नामले परिचित राहुल द्रविड क्रिकेटका महान् हस्ती हुन् भन्ने कुरामा कुनै द्विविधा छैन । उनले सेन्ट जोसेफ कलेजबाट एमबीए गरेका हुन् ।

अनिल कुम्बलेः अनिल कुम्बले भारतका लागि सबैभन्दा धेरै विकेट लिने क्रिकेटर हुन् । उनी मेकानिकल इन्जिनियर भएको थाहा भएको छ । भारतका तर्फबाट ६ सय १९ विकेट लिएका कुम्बले राष्ट्रिय विद्यालय इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ गरेका छन् ।

विराट कोहलीः पछिल्लो समयका विश्व क्रिकेटका नम्बर १ खेलाडी एवं भारतीय कप्तान विराट कोहलीले १२ पास गरेको जनाइएको छ । उनका पिता क्रिमिनल लयर रहेको जनाइएको छ । उनका एक दाजु र एक बहिनी पनि रहेको जनाइएको छ ।

भीभीएस लक्ष्मणः भीभीएस लक्ष्मण एमबीबीएस डाक्टर हुन् । उनले टेरी विश्वविद्यालयबाट डाक्टरको उपाधी लिएको जनाइएको छ । त्यस्तै उनी भारतका दोस्रा राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णनको भतिजा पनि हुन् ।

जवागल श्रीनाथः भारतका उत्कृष्ट विकेटटेकर जवागल श्रीनाथ श्री जयचामाराजेन्द्र कलेज अफ इन्जिनियरिबाट इस्ट्रुमेन्टेसन टेक्नोलोजीमा इन्जिनियरिङ गरेका हुन् ।

मुरली विजयः मुरली विजयले अर्थशास्त्रमा स्नातक गरेको जनाइएको छ ।

आर. आश्विनः भारतीय क्रिकेटका बलर आर. आश्विन पनि इन्जिनियर रहेका छन् । उनले इन्फरमेशन साइन्सबाट बीटेक गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित