लकडाउनमा विवादित मोडल पुनम पाण्डेको अर्को हरकत !

punam

 

मुम्बई । सधैं विवादमा आइरहने भारतीय मोडल पुनम पाण्डे पुनः एक पटक विवादित बनेकी छिन् ।

लकडाउनका समयमा एक व्यक्तिसँग मुम्बईको मरिन ड्राइभमा जाँदै गरेको अवस्थामा उनी पक्राउ परेकी छिन् । उनी एक ४६ वर्षीय पुरुषसँग बीएमडब्लू गाडीमा यात्रा गर्दागर्दै पक्राउ परेकी हुन् ।

विवादमा आईरहने मोडल पाण्डेलाई लकडाउनको नियम तोडेको आरोपमा पक्राउ गरिएको एफआईआर दर्ता गरिएको जनाइएको छ ।

उनी ४६ वर्षीय साथी सैम अहमदका साथ बिना कुनै कारण घरबाहिर निस्केपछि लकडाउनको नियम उल्लंघन गरेको आरोप लगाई उजुरी दर्ता गरिएको जनाइएको छ ।

उनी यसअघि सन् २०११ सालमा भारतले विश्वकप उपाधि हातपरेको खण्डमा नांगै हुने बताएपछि विवादित बनेकी थिइन् ।

 

Comments

Top