भारतीय प्रधानमन्त्री मोदीले आज सम्बोधन गर्ने, चौथो चरणमा लकडाउन बढ्ने !

1_Modi

नयाँदिल्ली । पछिल्लो दिनमा कोरोना सक्रमणले आक्रान्त बनेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

बढ्दो संक्रमित र मृतकको संख्यासँगै लकडाउनका बीच प्रधानमन्त्री मोदीले साँझ ८ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका हुन् । आजको सम्बोधनमा प्रधानमन्त्री मोदीले भारतभर लकडाउन चौथोपटक विस्तार गर्ने जनाइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले हिजो सोमबार सम्पूर्ण मुख्यमन्त्रीहरुको छलफलपछि आज सम्बोधन गर्ने तयारी गरेको जनाइएको छ । मुख्यमन्त्रीहरूले लकडाउन बढाउनु पर्ने राय प्रकट गरेका थिइ । भारतमा आगामी मे १७ सम्ममा लकडाउनको अवधि घोषणा गरिएको छ ।

पछिल्ला दिनमा भारतमा कोरोना संक्रमणबाट संक्रमित र ज्यान गुमाउनेको संख्या अत्याधिक रुपमा बढेको छ । पछिल्लो तथ्यांकअनुसार हालसम्म भारतमा ७० हजार ८ सय २७ जना संक्रमित देखिएका छन् भने २ हजार २ सय ९४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित