नेपालको नक्सामा लिम्पियाधुरासम्म समेटेर सार्वजनिक गरिनेछ : राष्ट्रपति

presedent

काठमाडाैं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसद्को संयुक्त बैठकमा सार्वजनिक गरेको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त कुरा बताएकी हुन् ।

नीति तथा कार्यक्रम मार्फत् सरकारले नेपालको छुटेको भूमि समेटेर नक्सा सार्वजनिक गरिने घोषणा गरिएको हो । राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपालको नक्सा सार्वजनिक गरिने बताएकी हुन् । “लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो”, उनले भनिन् ।

विवादित भूमिबारे कुटनैतिक छलफल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । छुटेको भूमि समेत राखेर नेपालको नक्सा जारी गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित