बाँकेका मृतक युवकमा कोरोना पोजेटिभ !

Mynews_1

 

बाँके । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको भेरी अञ्चल अस्पताल स्रोतले जनाएको छ ।

मृतकको कोरोनाकै कारण मृत्यु भएको भन्ने बारेमा स्वास्थ्य मन्त्रालयको आधिकारीक धारणा आइसकेको छैन । यसबारेमा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पनि गृहमन्त्रालयबाट कुनै जानकारी नअाएको बताए ।

उनको क्वारेन्टाइनमै रहेको अवस्थामा बिहान मृत्यु भएको जनाइएको थियो ।

यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो ।

Comments

Top