६० इन्स्पेक्टरको डीएसपीमा बढुवा गर्दै प्रधान कार्यालय (नामावलीसहित)

Police

काठमाडौं । नेपाल प्रहरीका ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिस गरेको हो । 

बढुवा समितिले इन्सपेक्टर पृथ्वी नारायण ओलीलाई एक नम्बरमा बढुवा गर्न  सिफारिस गरेको छ । 

बढुवा सिफारिस हुनेहरुमा केदार राज पन्त, जयराम कुईंकेल, कविन्द्र कुमार कार्की, संजिव बाबु खड्का, पञ्च कुमार बाखु, पूर्णिमा कुमारी चन्द, शर्मिला गुरुङ, सुवास खड्का, चन्चला श्रेष्ठ, राजु लामा, अनिल कुमार घिमिरे, राजकुमार राई, रुपा लाबुङ सहित ६० जना छन् । 

प्रहरी नियमावली अनुसार बढुवा समितिले सिफारिस गरेको एक साताभित्र गृह मन्त्रालयले बढुवा नियुक्तीको निर्णय गर्नुपर्छ । 

सूचीः

 

प्रतिक्रिया

सम्बन्धित