सार्कमा कोरोनाः १ लाख ७५ हजारभन्दा बढी संक्रमित, ४ हजार ५ सय बढीको मृत्यु (तथ्यांकसहित)

SAARC Corona

 

काठमाडौं । विश्वभर करिब ४९ लाख संक्रमित देखिएको बेला सार्क क्षेत्रमा मात्र कोरोना संक्रमितको संख्या करिब १ लाख ७५ हजार ८ सय ८९ पुगेको छ भने मृतकको संख्या ४ हजार ५ सय ९६ जनाको मृत्यु भएको छ । सार्क सदस्य राष्ट्रहरुमा भारतमा सबैभन्दा संक्रमित र मृतकको संख्या रहेको छ भने भूटान सबैभन्दा कम संक्रमित र हालसम्म मानवीय क्षति नब्यहोर्ने सदस्य राष्ट्र रहेको छ ।

सार्क सदस्य राष्ट्रको सबैभन्दा ठूलो मानिएको भारतमा हालसम्म १ लाख बढीलाई कोरोना संक्रमण देखिएको छ । पछिल्लो तथ्यांकअनुसार भारतमा १ लाख ३ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ हजार १ सय ५६ जनाको मृत्यु भएको छ । भारत विश्वको कोरोना संक्रमितको ११ औं स्थानमा चीन भन्दा माथि रहेको छ ।

त्यसपछि पाकिस्तानमा ४२ हजार १ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । पाकिस्तानमा हालसम्म ९ सय ३ जनाको मृत्यु भएको छ । पाकिस्तान विश्वको कोरोना संक्रमणको २० औं स्थानमा रहेको छ ।

त्यस्तै बंगलादेशमा हालसम्म २३ हजार ८ सय ७० जना संक्रमित देखिएकोमा ३ सय ४९ जनाको मृत्यु भइसकेको छ । बंगलादेश विश्वमा कोरोना संक्रमणको ३० औं स्थानमा रहेको छ ।

अर्को सार्क सदस्य राष्ट्र अफगानिस्तानमा हालसम्म ७ हजार ७२ जना संक्रमित देखिएका छन् भने १ सय ७३ जनाको मृत्यु भएको छ । अफगानिस्तान हालसम्म विश्वको ५३ औं स्थानमा रहेको छ । त्यस्तै माल्दिभ्समा १ हजार १ सय ६ जनामा कोरोना संक्रमण देखिएकोमा ४ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै श्रीलंकामा भने हालसम्म ९ सय ९२ जनालाई संक्रमण देखिएकोमा ९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ३ सय ७५ मा कोरोना संक्रमण देखिएकोमा २ जनाको मृत्यु भइसकेको छ ।

भुटानमा हालसम्म २१ जनामा संक्रमण देखिए पनि हालसम्म एक जनाको पनि मृत्यु भएको छैन ।

हालसम्म सार्क सदस्य राष्ट्रहरुमा सबैभन्दा धेरै भारतमा संक्रमित र मृतकको संख्या पुगेको भने भुटानमा हालसम्म कसैको पनि ज्यान गएको छैन । श्रीलंका, नेपाल र भुटानबाहेक अन्य मुलुकहरुमा १ हजार भन्दा बढी संक्रमित देखिएका छन् ।

हालसम्म विश्वमा संक्रमितको संख्या ४८ लाख ९० हजार ६ सय ६६ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ लाख २० हजार १ सय १२ पुगेको छ ।

SArch

Comments

Top