झापामा ९ जनामा कोरोना संक्रमण, अहिलेसम्म थप १५ जनामा संक्रमण देखिँदा ३ सय ९० पुग्यो संक्रमित संख्या

Corona_Test

काठमाडौं । नेपालमा पछिल्लो तथ्यांकअनुसार मंगलबारमात्र थप १५ जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार बिहान कपिलवस्तु मायादेवीका ४ जना भारतबाट नेपाल आएका पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

त्यस्तै झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जनामा कोरोना देखिएको जनाइएको छ । सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ।

योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ। यसअघि सोमबार साँझसम्म ३ सय ७५ पुगेको थियो ।

नेपालमा हालसम्म २ जनाको मृत्यु भएको छ भने ३६ जना उपचारपछि निको भएको जनाइएको छ ।

Comments

Top