छिमेकीको नियतिः भारतमा कोरोना प्रभाव बढ्दै, ३ हजार ३ सयबढीको मृत्यु

1024x576_1093395

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा पछिल्ला दिनमा संक्रमितको संख्या तीब्रतर रुपमा बढ्दै गएको छ । भारतमा पछिल्लो तथ्यांकअनुसार १ लाख ६ हजार ४ सय ७५ सय संक्रमित देखिएका छन् भने ३ हजार तीन सय २ जनाको मृत्यु भइसकेको छ । भारतमा पछिल्ला दिनमा संक्रमित र मृतकको संख्या एक्कासी बढ्दै गएको छ ।

अन्य मुलुकहरुमा तुलनात्मक रुपमा कमी हुँदै आएको कोरोना भाइरसको प्रभाव भारतमा पछिल्ला दिनमा तीब्र गतिमा बढ्दै गएको छ । हालसम्म भारत विश्वको ११ औं स्थानमा आइसकेको छ, जुन अवस्था कोरोनाको उद्गमस्थल चीनमा भन्दा धेरै मानिसको संक्रमित भएको हो ।

पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वमार ४९ लाख ८२ हजार ८ सय ७५ जना संक्रमित देखिएका छन् भने ३ लाख २४ हजार ५ सय ३५ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा करिब ९५ हजार नयाँ संक्रमित थपिएसँगै ४ हजार ५ सय ७० जनाको मृत्यु भएको छ । युरोपेली मुलुकहरुमा मृतकको संख्या केही नियन्त्रणतर्फ उन्मुखको देखिएको छ ।

नेपालमा भने हालसम्म ४ सय ७ जना संक्रमित देखिएका छन् भने २ जनाको मृत्यु भइसकेको र ३७ जना उपचारपछि घर फर्केका छन् । ।

 

प्रतिक्रिया

सम्बन्धित