नेपालमा ४४४ पुगे कोरोना संक्रमित

Corona_Test

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार बिहीबार बिहान थप १७ जनालाई कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ४४४ पुगेको जनाइएको हो ।

विज्ञप्तिमा बीपीकोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परिक्षणअनुसार नयाँ पुष्टी भएको संख्या १७ रहेको जनाइएको छ ।

हालसम्म नेपालमा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । हालसम्म सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँकेका २५ वर्षीय युवक र गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ । ४५ जना उपचारपछि घर फर्किसकेका छन् ।

Comments

Top