विपत्तिमा विश्वविजेताः अमेरिकामा संक्रमित १६ लाख माथि, मृत्यु हुनेको संख्या ९६ हजार तीन सय

crying US

 

काठमाडौं । कोरोना भाइरसका कारण अमेरिकामा १६ लाख भन्दा बढी संक्रमित देखिएका छन् भने करिब ९६ हजारको मृत्यु भइसकेको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा १६ लाख २० हजार ७ सय ६७ जना संक्रमित देखिएका छन् भने ९६ हजार ३ सय १४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा मात्र अमेरिकामा २८ हजार ४४ जना नयाँ संक्रमित देखिएका छन् भने १३ सय ७८ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि संक्रमित हुनेको संख्या रसिया रहेको छ । हालसम्म रसियामा ३लाख १७ हजार ५ सय ५४ जनामा संक्रमण देखिएको छ भने ३ हजार ९९ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ३ लाख १० हजार ८७ जना संक्रमित देखिएका छन् भने २० हजार ४७ जनाको मृत्यु भएको छ ।

नेपालको छिमेकी मुलुक भारतमा १ लाख १८ हजार २ सय २६ जना संक्रमित छन् भने ३ हजार ५ सय ८४ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा भारतमा ६ हजार भन्दा बढी नयाँ संक्रमित देखिएका छन् । भारतमा पछिल्लो २४ गन्टामा ६ हजार १ सय ९८ जनालाई संक्रमण देखिएको छ भने १ सय ५० जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वभर ५१ लाख ८९ हजार ४ सय ८८ जनामा संक्रमण देखिएको छ भने ३ लाख ३४ हजार ९२ जनाको मृत्यु भएको छ भने २० लाख ७८ हजार ५ सय ६१ जना उपचारपछि निको भएका छन् ।

Comments

Top