नेपालमा आज मात्रै थप ५९ जनालाई कोरोना संक्रमण

Corona_Test_1

काठमाडौं । नेपालमा (आज) शुक्रबार मात्रै ५९ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी पछिल्लो विज्ञप्तिअनुसार थप ९ जनामा कोरोना संक्रमण देखिएपछि आज संक्रमित हुनेको संख्या ५९ पुगेको हो ।

यससँगै हालसम्म नेपालमा जम्मा ५ सय १६ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहान ३० जनाको संक्रमण पुष्टी गरेको थियो भने दिउँसो थप २० जनामा कोरोना संक्रमण देखिएको जनाएको थियो ।

त्यसैगरी नेपालमा आज २१ जना संक्रमित डिस्चार्ज भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ७० पुगेको छ । नेपालमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ ।

Comments

Top