पाकिस्तानमा ५० हजार बढी संक्रमित, १ हजार बढीको मृत्यु

Pakistan

 

काठमाडौं । पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट संक्रमितको संख्या ५० हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार पाकिस्तानमा ५० हजार ६ सय ९४ जना संक्रमित भएका छन् भने १ हजार ६७ जनाको मृत्यु भएको छ । सार्क सदस्य राष्ट्रमध्ये भारतपछि कोरोनाबाट सबैभन्दा धेरै संक्रमित र मानवीय क्षति ब्यहोर्ने मुलुक पाकिस्तान हो ।

भारतमा १ लाख २४ हजार ७ सय ९४ जना संक्रमित देखिएका छन् भने ३ हजार ७ सय २६ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वभर विश्वमार ५३ लाख १ हजार ८०० जना संक्रमित देखिएका छन् भने ३ लाख ३९ हजार ९ सय २२ जनाको मृत्यु भइसकेको छ । त्यस्तै हालसम्म २१ लाख ५८ हजार ४ सय ७७ जना उपचारपछि घर फर्किसकेका छन् ।

हालसम्म सबैभन्दा धेरै संक्रमित र मृतकको संख्या अमेरिकामा रहेको छ । हालसम्म अमेरिकामा १६ लाख ४५ हजार ९४ जना संक्रमित देखिएका छन् भने ९७ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ ।

त्यस्तै अमेरिकापछि सबैभन्दा धेरै संक्रमित ब्राजिलमा ३ लाख ३० हजार ८ सय ९० जना संक्रमित देखिएका छन् । ब्राजिलमा हालसम्म २१ हजार ४८ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलपछि रसियामा हालसम्म ३ लाख २६ हजार ४ सय ४८ जना संक्रमित देखिएका छन् भने ३ हजार २ सय ४९ जनाको मृत्यु भएको छ ।

रसियापछि संक्रमित धेरै हुने मुलुकमा, स्पेन, युके, इटली, फ्रान्स, जर्मनी, टर्की, इरान, भारत, पेरु र चीन रहेका छन् ।

 

Comments

Top