विभिन्न नाका भएर शनिबार बिहान २ सय २९ यात्रु काठमाडाैं भित्रिए

Nagdhunga

फाइल फोटो ।

 

काठमाडाैं । विभिन्न नाका भएर आज बिहान २२९ जना यात्रु काठमाडाैं उपत्यका भित्रिएका छन् ।

पास भएका ७७ वटा गाडीबाट २२९ जना यात्रु बिहान भित्रिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पास नभएका १४ वटा गाडी र ३४ जना यात्रुलाई फर्काइएको छ ।

गृह मन्त्रालयले अति अवश्यक काम नपरी आवतजावत नगर्न आग्रह गर्दै आएको छ भने उपत्यका आउनै परे आरडीटी विधिमार्फत स्वास्थ्य परीक्षण गरेको रिपोर्ट देखाउन भनेको छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै काठमाडाैं उपत्यका प्रवेश गर्ने मुख्य चार नाकासहित सबै नाका क्षेत्रमा कडाइ गरिएको छ ।

Comments

Top