९ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

narayani

वीरगञ्ज । पर्सा जिल्लाको नारायणी अस्पतालमा उपचार गराइरहेका ९ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् ।

अस्पतालमा उपचाररत ७१ जनामध्ये ९ जना शनिबार डिस्चार्ज भएको जनाइएको छ । उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

यससँगै नेपालमा हालसम्म ७९ जना कोरोना संक्रमण निको भई घर फर्केका छन् ।

नेपालमा हालसम्म ५ सय ४८ जना संक्रमित मध्ये ३ जनाको मृत्यु भएको छ भने अन्य उपचाररत रहेको जनाइएको छ ।

Comments

Top