नेपालमा थप ३६ संक्रमित, यससँगै ५ सय ८४ जना संक्रमित पुग्यो

Corona_Test_2

 

काठमाडौं । शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा दैनिक आयोजना गरिँदै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा ले उक्त कुरा बताएका हुन् ।

देवकाेटाका अनुसार संक्रमित देखिएका मध्ये बाँके नरैनापुरका सबैभन्दा धेरै रहेका छन् भने सुर्खेतका ३ जनामा पनि संक्रमण देखिएको छ । यससँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ४ पुगेको छ । 

बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

यो सँगै नेपालमा ५ सय ८४ जना संक्रमित पुगेको उनले जनाएका छन् ।

Comments

Top