मानवीय आस्था नेपालः सानो जिल्लाका ठूलो हृदयका धनीहरु बस्ने ठाउँका सहयोद्धाहरु

 

मानवीय आस्था नेपाल । नामनै काफी । मानवीय सेवामा आस्थावान नेपालीको समूह । नेपालकै सानो जिल्ला, ठूलो हृदयका धेरै धनीहरु बस्ने ठाउँ भक्तपुर । यसै क्रममा सबैभन्दा कान्छो उमेरमा गाविस अध्यक्ष भएर नेपाली राजनीतिका उदाउँदा तारा महेश बस्नेतको संरक्षकत्वमा नेपालीले भोगेको विनाशकारी भूकम्पका बेला रोपिएको बिरुवा अर्को विनाशकारी महामारीमा तन्नेरी भइसकेको अवस्था । तन्नेरी, जसले ढुंगा माटो जे खाए पनि पचाउँछ, हो त्यस्तै मानवीय आस्था नेपाल, विपत्, दुःख र महामारीमा हाँसो ल्याउन नसके पनि आँशु बगाउन बाध्य नपर्ने संस्था बनेको छ । जसलाई पीडा र विपत् पर्छ, भक्तपुरमा अहिले पहिलो पटक लिने नाम बनेको छ, मानवीय आस्था नेपाल ।

भूकम्पका बेला हजारौं भक्तपुरबासीको उद्धारमा खटिएका मानवीय आस्था नेपालका सहयोद्धाहरुसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका वर्तमान सांसद महेश बस्नेतले समाजमा गहिरो छाप बसाल्न सफल भएको छर्लंग नै छ । फलस्वरुप त्यतिबेला रोपिएको विरुवालाई अहिले श्रीकुमार रञ्जीतले मलजल गर्दैछन् र साथमा छन् उमेश बस्नेत, प्रकाश सैजु, रामप्रसाद मानन्धर, शिव अवाल, उत्तरा नेपाल, बचन देउजा र दिनेश थापालगायतका समाजसेवी । समाजसेवीहरु दिपेश खड्का,रविन थापा,बिकी श्रेष्ठ,जयराम राउत,विदुर खड्का,नरेश रंजित, राजु कुटु सुभाष रानाभाटको साथ पनि मियो बन्यो । जसले लकडाउनको ६० औं दिनसम्म आइपुग्दासम्म अत्यन्तै सराहनीय काम गर्दै आएको छ ।

मानविय आस्थाले भुकम्पमा करिव ३५ सय टहरा निर्माण गरी मानविय गुणमात्र लाएन कि उसले त्यसपछिका समयमा घरविहिनलाई घरको व्यवस्था गर्यो, परिवार विहिनको साहरा बन्यो, अपाङ्ग, असहाय, गरिव, दिनदुःखी, महिलालगायतका सारथी बन्यो । जसले हालसम्म पनि गरिव तथा जेहेन्दार विद्यार्थीलाई अध्ययन–अध्यापन गराईरहेको छ । त्यस्तै महिला तथा गरिवलाई विभिन्न प्रकारका तालिमहरु प्रदान गरी आत्मनिर्भर तथा क्षमता, दक्षता अभिवृद्धि गराई मानिसलाई आत्मसम्मानका साथ जीवन जिउन सिकाइरहेको छ ।

त्यस्तै वर्तमान समयमा कोरोनाका कारण समस्यामा परेका आम भक्तपुरवासीलाई राहत वितरण, खानाको व्यवस्थापन, अग्र भागमा खटिने नेपाल प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार, समाजसेवीलगायतलाई अत्यावश्यक हातधुने टेंकीको व्यवस्थापन, ग्लोभ, माक्स, सेनेटाईजर, प्रेस ज्याकेटलगायतका सामाग्रीहरु प्रदान गरी संक्रमणको रोकथाम तथा नियन्त्रणमा विशेष भूमिका निर्वाह गरिरहेको छ । गरिव तथा मजदुरलाई दैनिक जीविको पार्जन गर्न समस्या भएकालाई राहत वितरण गर्नु अहिलको मूख्य जिम्मेवारी आफ्नो काँधमा लिई उक्त संस्थाले लकडाउनमा कोही भोकै हुनु पर्दैन, कोही भोकले मर्नु पर्दैन भन्ने सरकारको नीतिलाई शतप्रतिशत कार्यान्वयनमा लग्यो ।

संस्थाले जिल्ला भरका पत्रकार, सुरक्षाकर्मी, सर्वसाधारणलगायतलाई हालसम्म १० हजार तीन सय माक्स वितरण गरेको छ । जुन करिव दुई लाख छ हजार बरावरको रहेको छ । त्यस्तै सेनेटाइजर करिव ७५ हजार, पत्रकारलाई ज्योकट, माक्स, सेनेटाइजरलगायतका सामाग्रीहरुको रु ५५ हजार दुई सय, सर्जिकल पञ्जा १५ सय पिसको छ हजार सात सय ५० रुपैंया बराबरको वितरण गरेको छ ।

त्यस्तै ससंस्थाकै तर्फबाट भक्तपुर जिल्लाभर २४ वटा हातधुने पानी टेंकी वितरण गरिएका छ । संस्थाले रु ४५ सय पर्ने ५ सय लिटरको को रु एक लाख आठ हजार बरावरको वितरण गरेको छ । जसको सूर्यविनायक नगरपालिकाका १० वटै वडा कार्यालयमा एक एक वटा, मध्यपुर नगरपालिकाका ७ वटा वडा कार्यालय, भक्तपुर प्रहरी परिसर, थिमी वृत्त, जगाती वृत्त, गठ्ठाघर वृत्तमा एक एक वटा, कोरियन अस्पतालमा एक वटा, चाँगुनारायण नगरपालिका सुडाल (रातोपाटी)मा एक वटा र नगरकोट चोकमा एक वटा गरि २४ वटा वितरण गरेको हो ।

त्यस्तै संस्थाले भक्तपुरको जागाती र गठ्ठाघरमा काठमाडौँ उपत्यकाबाट अन्यत्र विहिरि जिल्लामा जोने यात्रुलाई खानाको समेत व्यवस्था गरेको थियो । संस्थाले रु दुई लाख बराबरको पैदल यात्रीलाई खान खुवाउने कार्य गरेको हो । त्यस्तै संस्थाले हासम्म मध्यपुर नगरपालिकाका सवै १ देखी ९ वडामा १६ सय ६३, सूर्यविनायक नगरपालिकाका १ देखी १० वटै वडाका आठ सय ९३, भक्तपुर नगरपालिकाका एक हजार ५० घर परिवारलाई साहत वितरण गरेको छ । त्यस्तै संस्थामा सिधै सम्पर्क गरी राहत माग्ने दुई सय ५५ तथा राष्ट्रिय संगितकर्मी तथा विद्यार्थी गरी एक सय पाँच गरी कुल ३ हजार ९ सय ६६ परिवारलाई राहत वितरण गरेको छ । जसको लागत रु ३१ लाख ७२ हजार ८ सय रुपैंया रहेको जनाएको छ ।

त्यस्तै संस्थाले भक्तपुर अस्पतालमा १४ पिस, मानव अंग प्रत्यारोप केन्द्रमा ४ पिस, भक्तपुर क्यान्सर अस्पतालमा ९ पिस, नागरिक सामुदायीक टिचिङ अस्पतालमा ८ पिस, कोरियन अस्पताललाई ५ पिस, क्वीक रेस्पोन्स समुहलाई ४ पिस, भक्तपुर प्रहरी परिसरलाई ५ पिस, जगाती वृत्तलाई ५ पिस, थिमी वृत्तलाई ५ पिस तथा सूर्यविनायक नगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर नगरपालिका तथा भक्तपुर अस्पतालका एम्बुलेन्सका ड्राइभरलाई एक एक वटा गरी ५ पिस, गठ्ठाघर युसेफलाई २ पिस, मध्यपुर नगदेको हेल्थपोष्टलाई २ पिस, गुण्डू हेल्थपोष्टलार्ई ५ पिस गरी जम्मा ७३ पिस पीपीई वितरण गरेको छ । जसको जम्मा लागत रु ३ लाख २८ हजार ५ सय रहेको संस्थाले जनाएको छ ।

भक्तपुर जिल्लामा चलाएको खाना खुवाउने मेसका लागि हरियो तरकारीहरु ८०० किलोग्राम वितरण गरिएको छ । सडक मानवहरुलाई मानव कल्याण समाजका तर्फबाट दैनिक एक छाक खाना लकडाउन सुरु भएदेखि हालसम्म निरन्तर खुवाउँदै आइरहेको छ । यसरी मानवीय आस्था नेपालका तर्फबाट हालसम्म भक्तपुर जिल्लामा लगभग ६५ लाख बराबरको राहत विरण गरि सकेको छ भने अझै पनि यस कार्य लगडाउन अवधि भर निरन्तर रहने संस्थाले जनाएको छ ।

त्यस्तै समस्यामा परेकाले हाल फोन सम्पर्क गर्ने र सम्पर्क पश्चात निजको वासस्थानमा नै पर्याई दिने गरेको समेत संस्थाले जानकारी दिएको छ । कोरोनाबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने मुख्य उद्देश्यका साथ घर घरमा राहत पुर्याउने गरेको संस्थाले जनाएको छ । भिडभाडका कारण कोरोना भाइरस सर्ने अत्याधीक सम्भावना रहेका कारण सरकारले भिडभाडलाई नियन्त्रण गर्न लकडाउनको घोषणा गरेसँगै सरकारको घोषणालाई विशेष ध्यानमा राखी भिडभाडमुक्त रुपमा राहत वितरण गरिएको छ । वितरण गरेको राहतमा चामल, दाल, चिउरा, तेल, नुन, चाउचाउ, तरकारीलगायत रहेका छन् ।

संस्थाका अध्यक्ष श्रीकुमार रञ्जितको नेतृत्वमा उपाध्यक्ष उमेश वस्नेत, प्रकाश सैजु, रामप्रसाद मानन्धर, कोषाध्यक्ष शिव अवाल, सचिव उत्तरा नेपाल तथा सम्पूर्ण सञ्चालक समिति, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, समाजसेवी दिनेस थापालगायतको सक्रिय सहभागिता रहि आएको छ ।

Comments

Top