गायिका बिना भट्टराईको “मरेपछी बिन्ती”मलाई भन्ने गितको लिरिकल भिडियो सार्वजनिक

Bina Bhattrai
सुमधुर स्वरकी धनी गायिका बिना भट्टराईको “मरेपछी बिन्ती”मलाई भन्ने गितको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । नेपाली सांगितिक आकाशमा छुट्टै पहिचान बनाउन सफल गायिका भट्टराईले पुर्व पश्चिम इन्टरटेन्मेन्ट नामक आफ्नै युट्युब च्यानलबाट गित सार्वजनिक गरेकी छिन । लामो समयदेखि संगीत साधनामा लागेकी भट्टराईको गितमा इन्द्र आर.पिको संगीत रहेको छ भने गीतमा चाँद सिङको संगीत एरेन्ज रहेको छ ।

त्यस्तै केवल घर्ती र सिमा थापाको शब्दमा रहेको गीतको मिक्सिङ शम्भु कुमार तन्डुकार तथा मास्टरिङ किरण कंडेलले गरेका छन् । लगनशीलता र निरन्तरता कला र संगीतमा सफलताका प्रमुख कडी हुन् भन्ने मान्यताबाट प्रेरित गायिका भट्टराईको आफ्नै स्वरमा रहेको गीतमा विशेष गरी माया प्रेम र बिछोडपछि मृत्यु हुँदा पनि आफ्नो मृत शरीरलाई छुन र हेर्न समेत नआउ जस्ता भावनात्मक कुरालाई मार्मिक ढंगले समावेश गरिएको छ ।

नेपाली सुगम संगीतमा बिशेष पहिचान बनाएकी गायिका भट्टराईको ‘भयो हतार’ बोलको गीत रबि ओडको युगल गायनमा हालसालै सार्वजनिक भएको थियो ।

 https://www.youtube.com/watch?v=dILH6RSCWTQ&feature=emb_title



Comments

Top