नेपालमा कोरोनाबाट ४ को मृत्यु, ६ सय ८२ संक्रमित

health

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित गर्ने कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको पुष्टी गरेका छन् ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । तर सोमबार विहान उनको कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ ।

यससँगै नेपालमा मृतकको संख्या ४ पुगेको छ भने हालसम्म संक्रमित ६ सय ८२ रहेको र १ सय १२ जना डिस्चार्ज भएको उनले जनाए । 

 

Comments

Top