नवराजको सम्झनामा टीका सानुको मार्मिक शब्दः ‘ज्यानै लाने यस्तो माया नवसेकै जाती’

tika sanu copy

 

काठमाडौं । लाइभ लोकदोहोरीकी ‘स्टार’ गायीका टीका सानुले रुकुममा कथित माथिल्लो जातिकी युवतीसँगको प्रेमलाई विवाहमा परिणत गर्नका लागि आप्mना १९ जना साथीहरुसहित हिँडेका नवराज वि.क.सहित उनका साथीहरुको हत्याराहरुलाई गीतमार्फत् सजायको माग गरेकी छिन् ।

लकडाउनका बेला करिब २ महिना भन्दा बढीदेखि दाङस्थित घरमै बस्दै आएकी सानुले जसरी पनि चाँडो भन चाँडो निष्पक्ष छानबिनको माग गरेकी छिन् । उनले आफ्नो युट्युव च्यानलमार्फत् उक्त कुरा सार्वजनिक गर्दै नवराजको सम्झनामा गीत लेखेकी छिन् ।

मान्छेभित्र मानवता हुनुपर्छ, उनका साथसाथै उनका साथीहरुको पनि चीर शान्तिको कामना गर्दै टीका सानुले भविष्यमा ज्यानको बदला ज्यादै लिने कानुन हुनुपर्छ भन्दै घटनामा संलग्न अपराधीहरुलाई सजाय भइ मृतात्मालगायत उनका परिवारले न्याय पाउनुपर्ने माग गरेकी छिन् ।


उनले लेखेको गीतः 

आज एउटा गीत गाउँछु, सुन्नुहोला हजुर
आँशु झर्ला परेलीले थुन्नु होला हजुर
घिनै लाग्ने घटना भो नेपालको रुकुम
कल्ले दियो मल्ल तिम्लाई ज्यानै मार्ने हुकुम ?

भिजोस् बरु रगतले जगत
शोषणमा नबसौं अब त...

बिहे गर्न हिँडेका ति नवराज विक भाईलाई
मारिदिए सामन्तले फर्किँदैनन् कहिल्यै
कति साह्रै निर्दयी हुन् ज्यानै लिने मान्छे
मर्र्ने बेला भएनन् तिमलाई पानी दिने मान्छे

भिजोस् बरु...

तिमी जस्तो कोइ नी छैन चोखो माया गर्ने
कस्तो माया लायौ नवराज ज्यान त्याग्न पर्ने
अ‍ैया बाबा मरें भन्दै घाँटी सुक्यो होला
लात्ती हान्दा तिम्रो शरीर कति दुख्यो होला ?

भिजोस् बरु..
धेरै कुटे अरे तिम्लाई भन्दै जाबो कामी
त्यै खबरले मरेतुल्य भएका छौं हामी
नत बिहे ग¥यौ तिम्मले न त बन्यौ बेहुला
भन्थिन् होला बुढी आमा बुहारी कहिले ल्याउला ?

भिजोस्...
तिम्री बेहुली काँ थिइन् होला तिमी मर्ने बेला
दाजुभाईले ती प्रेमीको हत्या गर्ने बेला
ज्यानै लाने यस्तो माया नवसेकै जाती
तिमी मात्रै मारिएनौ मरे तिम्रा साथी

भिजोस्...
भर्खर छोरो लाम्लाम खाम्खाम भन्ने बेला भाको
के हाल भयो होला बरै तिम्री बुढी माको
तिम्रो लाशको छेउमा थ्यो रे रगतको खोला
अझै पनि तिम्रो आत्मा भड्किराको होला

भिजोस्...
जति ठूलो समस्या होस् गर्नु छ सामना
त्यो आत्माले शान्ति पाओस् यत्ति छ कामना
जात हेरेर भन्लान् कोइले भैगो माया नलाम्
पिरतीमा बलि चढ्यौ नवराज तिम्लाई सलाम

भिजोस्...
नत्र अझै घटना घट्छन् कति रुनुपर्छ
ज्यानको बदला ज्यानै लिने कानुन हुनुपर्छ

भिजोस् बरु रगतले जगत
शोषणमा नबसौं अब त...

उनले गाएकी गीतको भिडियो 

Comments

Top