थप ३८ मा कोरोना संक्रमण, संक्रमित संख्या ८ सय १० पुग्यो

Corona_Test_2

 

काठमाडौं । बुधबार विहान थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाव संकलनको परीक्षणबाट थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

बुधबार थपिएका नयाँ संक्रमितहरुमा रौतहट जिल्लाका २९ जना, बारा जिल्लाका ७ जना र सिराहा जिल्लाका २ जना रहेका छन् ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय १० पुगेको छ । जसमा १ सय ७४ जना निको भएर घर फर्केका छन् भने ४ जनाले ज्यान गुमाएका छन् ।

 

 

Comments

Top