अस्ताए बरिष्ठ गीतकार थापा, स्वाब परिक्षण गर्ने तयारी

ratna

 

काठमाडौं । बरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ ।

थापाको बिहीबार दिउँसो नर्भीक अस्पतालमा उपचारका क्रममा निधन भएको उनको परिवारजनले जनाएको छ । उनी ८१ वर्षका थिए ।

गीतकार थापाको ‘घुम्तीमा नआऊ है’, ‘गोरेटो त्यो गाउँको’, ‘ए कान्छा ठट्टैमा यो बैँश जान लाग्यो’, ‘जाग लम्क चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका दर्जनौँ कालजयी गीतहरु रहेका छन् । उनी केही दिनदेखि अस्पतालमा भर्ना भएका थिए ।

उनको कोरोना परिक्षणका लागि स्वाब परिक्षणका लागि नमुना लिइएको जनाइएको छ ।

 

Comments

Top