बजेट १४ खर्ब ७४ अर्ब, चालू बजेटभन्दा ५८ अर्बले कम

youbraj-4sss

 काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ का लागि चालू बजेट भन्दा पनि कम आकारको बजेट ल्याएका छन् ।

आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । चालु आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेटको आकार थियो । यससँगै ५८ अर्ब रूपैयाँ कमको बजेट सार्वजनिक गरेका छन् ।

जसमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड पुँजीगत ३ खर्ब ५२ करोड, वित्तीय व्यवस्था १ खर्ब ७२ अर्ब बिनियोजन भएको छ । जसमा राजस्व वापत ८ खर्ब ८९ अर्ब र वैदेशिक ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋण २२५ अर्ब उठाउने लक्ष्य राखिएको छ ।

 

Comments

Top