आगामी आर्थिक वर्षमा यी हुन् भक्तपुरका मुख्य ८ योजना

bktpur

काठमाडौँ । विकास र समृद्धिको यात्रामा तिव्र गतिका साथ अघि बढेको भक्तपुर जिल्लालाई सरकारले आगामी आर्थिक वर्ष आठ वटा विशेष ठूला आयोजनाहरु सञ्चालन गर्ने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा भक्तपुरमा आठ वटा ठूला आयोजनाहरु यसै वर्ष शुरु हुने भएका हुन् ।

प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त आयोजनाहरु शुरु गर्ने बताउनुभयो ।

रकारको विशेष प्राथमिकतामा परका आयोजनाहरु निम्नानुसार रहेका छन्,

१. सूर्यविनायक धुलिखेलको सडक स्तरउन्नतीको लागि रु एक अर्व बजेट विनियोजन,
२. उपत्यकामा चाँगुनारायणमा १ लाख र सूर्यविनायकको बालकोट गुण्डुको १८ हजार समेत ४ वटा नयाँ शहर निर्माण सुरु गरिने,
३. गठ्ठाघरमा ५ हजार क्षमताको आधुनिक सभागृहको सुरु गर्ने,
४. चाँगुनारायणको दुवाकोटमा ७ सय ५० रोपनी जग्गामा आधुनीक वीर अस्पतालको भवन निर्माण कार्य शुरु गर्ने,
५. कोटेश्वर जडिबुटीमा सुरुङ मार्ग निर्माण गर्ने,
६. विद्युत तार भुमिगत गर्ने,
७. सांस्कृतिक सम्पदाको संरक्षण र विकास तथा विस्तार गर्ने,
८. रात्रीकालिन पर्यटन प्रबर्द्धन कार्यक्रम र सम्पदा संरक्षण कार्यक्रम भक्तपुरबाट सुरु गरिने, लगायतका महत्वपूर्ण आयोजनाहरु सरकारको प्राथमिकतामा परेका छन् ।

 

Comments

Top