भारतबाट आउँदा बाटैमा मृत्यु भएका युवाको अन्त्येष्टिको चार दिनपछि कोरोना पुष्टी

Died_Corona

 

काठमाडौं । भारतबाट स्वदेश फर्कदै गर्दा सिमामा नै मृत्यु भएका युवकमा कारोना संक्रमण देखिएको पुष्टी भएको छ ।

गत जेठ १० गते भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।

ति युवकको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी विजय पौडेलले पुष्टी गरेका छन् ।

अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ चरेपानीका ति युवकको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो भने त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट उनी कोरोना संक्रमित पुष्टि भएको अर्घाखाँची अस्पतालका सूचना अधिकारी विजय विकले बताए ।

घर फर्किने क्रममा मृत्यु भएका युवकको शवलाई उनको आफन्तले सन्धिखर्कस्थित गच्चे भन्ने स्थानमा गाडेका थिए।

 

Comments

Top