कोरोना कष्टः विश्वभर ५९ लाख संक्रमित, ३ लाख ६१ हजार बढीको मृत्यु

world-corona

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ५९ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वमा ५९ लाख ७ सय ६५ जना संक्रमित भेटिएका छन् भने ३ लाख ६१ हजार ७ सय ७६ जनाको मृत्यु भएको छ । अहिलेसम्म २५ लाख ७७ लाख २ सय २५ जना उपचारपछि निको भएर फर्किसकेका छन् ।

पछिल्लो समयमा ब्राजिलमा तीब्रतर गतिमा संक्रमित र मृतकको संख्या बढ्दै गइरहेको अवस्था रहेको छ । त्यस्तै नेपालको छिमेकी मुलुक भारतमा पनि संक्रमितको संख्या बढ्दै गइरहेको छ ।

कोरोनाको उद्गमस्थल चीन भने संख्यात्मक तालिकामा १५ औं स्थानमा पुगेको छ । पछिल्लो समय चिली, क्यानडा, पेरु, इरान, टर्की, भारत, जर्मनी, फ्रान्स, इटाली, बेलायत, स्पेन, रसिया, ब्राजिल र अमेरिका क्रमश संख्यात्मक हिसाबमा अग्रपंक्तिमा रहेको छन् ।

हालसम्म सबैभन्दा धेरै अमेरिकामा १७ लाख ६८ हजार ३ सय ४६ जना संक्रमित देखिएका छन् भने १ लाख ३ हजार ३ सय ३० जनाको मृत्यु भएको छ ।

ब्राजिलमा करिब ४ लाख संक्रमित पुगेका छन् । ब्राजिलमा ४ लाख ३८ हजार ८ सय १२ जना संक्रमित भएका छन् भने हालसम्म २६ हजार ९ सय ९१ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो दिनमा संक्रमितको संख्या एक्कासी बढ्दै गरेको छ । पछिल्लो तथ्यांकअनुसार भारतमा १ लाख ६५ हजार ३ सय ८६ जना संक्रमित भेटिएका छन् भने ४ हजार ७ सय ११ जनाको मृत्यु भएको छ ।

 

Comments

Top