शुक्रबार थप १७० मा संक्रमित, नेपालभर १२१२ जना संक्रमित पुगे

1 Health

 

काठमाडौं । नेपालमा शुक्रबार थप १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म संक्रमितको संख्या १२१२ पुगेको छ ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्दै आएको कोरोना अपडेटमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। पछिल्लो अपडेटमा १६५ जना पुरूष र ५ जना महिलामा संक्रमण देखिएको पनि उनले जनाए ।

टेकु प्रयोगशालामा गरिएको परिक्षणमा ८४ जनाको पोजेटिभ जनाइएको छ । राैतहटका ५४ जनामा संक्रमण देखिएको जनाइएको छ ।

हालसम्म पीसीआर विधिबाट ६४ हजार १ सय ५४ जनाको परिक्षण गरिएको छ भने आरडिटीबाट १ लाख ५ हजार ४ सय ८ जनाको परिक्षण गरिएको डा. देवकोटाले बताए ।

त्यस्तै भूमिकास्थान अर्घाखाँचीका ३५ वर्षीय पुरूषको पनि कोरोना संक्रमणकै कारण निधन भएको पुष्टि भएकाे छ । 

नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १२१२ पुगेको छ। पछिल्लो तथ्यांकमा कुल १९ जना डिस्चार्ज पुगेका छन् । हालसम्म संक्रमितमध्ये जम्मा २०६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेमा १६२ जना पुरुष र ४४ जना महिला रहेका छन्। प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म ६ जनाको कोरोनाबाट मृत्यु भएको छ।

Comments

Top