नेपालमा कोरोना अंकः १२१२ संक्रमित, २१२ कोरोना मुक्त र १००० जना संक्रमणमा

Mynews_1

काठमाडौं । नेपालमा अहिलेको अवस्थामा कोरोना संक्रमणबाट १ हजार जना रहेका छन् । शुक्रबार स्वास्थ्य मन्त्रालयले जनाएअनुसार १ सय ७० नयाँ संक्रमित र १९ जना डिस्चार्ज सँगै तत्कालको अवस्थामा नेपालभित्र रहेका संक्रमितको संख्या १ हजार पुगेको हो ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा देखिएका जम्मा १ हजार २ सय १२ संक्रमितमध्ये २ सय ६ जना उपचारपछि निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

यससँगै नेपालमा जम्मा संक्रमित १२१२, संक्रमण मुक्त २१२ (डिस्चार्ज २०६ र मृतक ६) र १००० जना संक्रमणकै अवस्थामा रहेको अंक संयोग जुटेको छ ।

पछिल्लोअपडेटअनुसार भूमिकास्थान अर्घाखाँचीका ३५ वर्षीय पुरूषको पनि कोरोना संक्रमणकै कारण निधन भएको पुष्टि गरेको छ । उनको भारतबाट नेपाल आउने क्रममा सीमाक्षेत्रमा नै निधन भएको र परिक्षण गर्दा पोजेटिभ देखिएको जनाइएकाे  थियाे । 

Comments

Top