इन्स्टामा साम्राज्ञीको पार्ट-३ सावर सुट !

samragyi

 

बोल्ड साम्राज्ञीमहंगी साम्राज्ञीसपना (ड्रिम्स) की नायिका साम्राज्ञी । नेपाली चलचित्र क्षेत्रमा महंगी नायीकाको छाप बनाएकी साम्राज्ञी राज्यलक्ष्मी शाह कहिलेकाहिँ विवादमा आउँछिन् । कहिले प्रेमीसँगको तस्बिर सार्वजनिक गर्दै मिडियामा आउन खोज्ने साम्राज्ञीले ‘ड्रिम्स’ चलचित्रबाट डेब्यू गरेकी हुन् ।

कहिले वर्षको एउटा मात्र चलचित्र खेल्ने घोषणा गर्ने साम्राज्ञी, कहिले भने प्रेमीसँगको तस्बिरका कारण मिडियामा छाउने गरेकी छिन् । देवांश जंगबहादुर राणासँग प्रेम सम्बन्धमा रहेकी साम्राज्ञीले उनीसँगै म्युजिक भिडियो पनि खेलेकी छिन् ।

रातो टिका निधारमा नामक चलचित्र खेलेकीको साम्राज्ञीका चलचित्रले उनको करियरमा खासै नेपाली चलचित्र बजारमा प्रभाव पार्न भने सकेका छैनन् ।

यसैबीच विगत २ महिनाभन्दा बढी देखिको लकडाउनका कारण सामाजिक सञ्जालमा तस्बिरहरु राख्नमै व्यस्त रहेकी उनले पछिल्ला दिनमा बाथरुम नुहाउँदै गरेका फोटोहरु सार्वजनिक गरेकी छिन् ।

पार्ट-३ सावर सुट क्याप्सन इन्स्टाग्राममा तस्बिरहरु सार्वजनिक गरेकी उनले बाथरुममा नुहाउँदै गरेको भिडियोको पनि टिकटक बनाएर राखेकी छिन् ।

samsam-5sam-3sam-2sam-1

 

Comments

Top