कोरिडोर निर्माण कार्य रोकिएसँगै घरमै हनुमन्ते आउला भन्ने त्रासमा जनता

hanumante

 

भक्तपुर ।
भित्ताका क्यालेन्डरमा असारको महिना आउनै लाग्दा भक्तपुरको हनुमन्ते किनार आसपास बसोेबास गर्ने स्थानियहरुलाई भने प्राकृतिक बिपत्तीले पार्न सक्ने क्षतीका कारण चिन्ता बढ्न थाल्छ । मुलुक कोरोना सन्त्रासमा रहेको अबस्थामा भक्तपुर मध्यपुर थिमीको सुन्दरवस्ती, चारदोबाटो , कौशलटारको सागबारी , कौशलटार र बालकोट जोड्ने पुलको तल्लो भाग लगाएत राममन्दिर र बुढाथोकीटोलका स्थानियहरुलाई भने हरेक बर्ष बर्षा याममा हनुमन्ते नदीमा आउने बाढिका कारण भोग्नु पर्ने क्षतीको पिडाले सताउन थालेको छ । त्यस क्षेत्रमा बसोबास गर्दै आएका स्थानियहरुलाई हिउँदामा कमिला हिँड्ने हनुमन्ते खोला घरैसम्म आउला कि भन्ने लाग्छ । वर्षाको बेला वर्षौदेखि हनुमन्तेले डुबाउने त्रासमै बसिरहेका सुन्दरवस्ती, सागबारी, रेयुकाई, राममन्दिर र बुढाथोकीटोल वासीका लागि यो वर्षा पनि त्रासमै बित्ने भएको छ ।

२ वर्ष अगाडिको राधेराधे श्रेत्रमा भएको डुबानको कारण त्यस श्रेत्रमा रहेको स्थानियहरुले भोग्नु परेको पिडा अबका दिनमा हनुमन्ते किनार आसपास बसोेबास गर्ने अन्य श्रेत्रका स्थानियहरुले भोग्नु पर्ने सम्भाबना बढ्दै गएको छ । हनुमन्ते करिडोर निमार्णको काम सम्पन्न भएसँगै राधेराधे क्षेत्रको अबका दिनमा यो समस्या देखा नपर्ने निश्चित देखिएको छ । तर भक्तपुरकै मध्यपुर थिमीको सुन्दरवस्ती, चारदोबाटो , कौशलटारको सागबारी , कौशलटार र बालकोट जोड्ने पुलको तल्लो भाग लगाएत राममन्दिर र बुढाथोकीटोल श्रेत्रमा लामो समय अधिनै शुरु गरिएको करिडोर निमार्णको काम बिभिन्न कारणले गर्दा अबरोध हुँदा २ वर्ष अघिको राधेराधेका वासिन्दाको जस्तै अबस्था हुन सक्ने त्रास बढेको छ ।

कोरिडोर निमार्णका काममा अबरोध नभएको भए निमार्ण कार्य सन्तोषजनक रुपमा अधि बढ्ने निर्माणको जिम्मा पाएका र्निमाण कम्पनीहरुले दाबि गर्दै आएका छन् । उक्त श्रेत्रमा स्थानियहरु पनि बाढि नियन्त्रणमा लागि पनि खोलाको दायाँ बायाँ कम्तीमा पनि पर्खाल लगाउनु पर्ने बताउदै आएका छन् । भक्तपुरको बिकास सेतुकारुपमा हेरिएको उपत्यकाकै महत्वकाक्षी परियोजना मध्यको हुनुमन्ते कोरिडोर निर्माणको काम तिब्र गतिमा अघि बढ्नु पर्ने स्थानीयहरुको भनाइ रहेको छ ।

hanumante-1

 

प्रतिनिधि सभा सांसद महेश बस्नेतको बिशेष पहलमा र्निमाणाधिन एस परियोजना बिभिन्न बहानामा अबरुद्ध हुँदा असार साउनमा घरसम्मै हनुमन्ते पुग्नेभएपछि करिडोर निर्माणका लागि जोड गरिरहेका स्थानीयले र्निमाणकार्य जतिसक्दो जोड सुचारु गर्नु पर्नेमा जोड दिदै आएका छन् । कोरिडोर निमार्णमा अबरोध भएका स्थानमा सृजना भएका प्राबिधिक समस्या समाधानमा स्थानिय जनप्रतिनिधिहरुलाई जिम्मेबार भएर लागेर अबिलम्ब हनुमन्ते कोरिडोर र्निमाण अघि बढाउन उक्त श्रेत्रमा स्थानियहरुले जोडदार माग समेत गर्दैै आएका छन् ।

बर्षा लाग्नु भन्दा अगाडी खोलामा पर्खाल लगाएर हनुमन्तेखोलालाई नियन्त्रण गरिनुपर्ने उनीहरुको माग रहेको छ । यदि नियन्त्रणभन्दा बाहिर गएको खण्डमा पुरै वस्ती डुबानमा पर्ने उक्त क्षेत्रका स्थानीय बताउँछन् ।त्यसैले सम्भव भएसम्म जतिसक्दो छिटो करिडोर निर्माण कार्य गरिनुपर्ने वा बाढी पस्ने क्षेत्रको पहिचान गरेर ती क्षेत्रमा जतिसक्दो छिटो करिडोर निर्माणको काम अगाडी बढाइ सो क्षेत्रका स्थानीयलाई त्रासका साथै बाढीबाट बचाउनुपर्ने माग स्थानीयले गरेका छन् ।

 

Comments

Top