नवलपुरमा थप ३ मा कोरोना संक्रमण देखिएसँगै जम्मा संक्रमित ९ पुगे

Nawalpur_1

कावासोती । नवलपुरमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको कावासोती नगरपालिकाका वडा नं १ का २२ र वडा नं १२ का ३६ वर्षिय पुरुष तथा विनयी त्रिवेणि गाउँपालिकाका वडा नं ३ का १४ वर्षिय बालकमा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

संक्रमित तिनै जना भारतबाट आएर पालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेका थिए । यो सँगै जिल्लामा संक्रमितको संख्या ९ पुगेको छ ।

Comments

Top