स्याङ्जा चापाकोटका ४ जनामा कोरोना संक्रमण, गण्डकी प्रदेशमा ३७ संक्रमित पुगे

syangja

स्याङ्जा । स्याङ्जामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका ४ जनामा र विरुवा गाउँपालिकाका १ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

चापाकोटको क्वारेन्टाइनमा बस्दै आएका २२, २६, ३२ र ४० वर्षीय पुरुष र विरुवाको क्वारेन्टाइनमा बस्दै आएका २० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम निर्देशक डा. विनोदविन्दु शर्माले बताए । स्याङ्जामा यसअघि ७ जनामा कोरोना संक्रमण देखिएको थियो । यससँगै १२ जना संक्रमण देखिएको छ ।

त्यस्तै पर्वत महाशिला गाउँपालिकाका ३ र फलेबासका २ जना गरी ५ जनामा कोरोना संक्रमण भएको शर्माले बताए । हालसम्म गण्डकी प्रदेशमा ३७ जनामा कोरोना संक्रमण देखिएको पनि जनाइएको छ ।

Comments

Top