हिजो पक्राउ परेका जुवाडेहरुमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप

police-1

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार पक्राउ परेका भिआईपी जुवाडेहरुलाई पाँच दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न दिएको छ ।

दरबारमार्ग प्रहरी बृत्तका प्रमुख डिएसपी रन्जन दाहालका अनुसार उनीहरुमाथि जुवा ऐनअन्तर्गत अन्तर्गत मुद्दा चलाउन जिल्ला प्रसासन कार्यालयले पाँच दिनको म्याद दिएको हो।


प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको थियो ।

उनीहरूको साथबाट प्रहरीले २ लाख ७७ हजार सात सय रुपैयाँ र ५० देखि १ हजार लेखिएका १ सय ७९ वटा क्वाइन समेत बरामद गरेको थियो । उनीहरुबाट किन कम रकम बरामद भयो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Comments

Top