काठमाडाैं मेडिकल कलेजका ४ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

Corona_Test_2

 

काठमाडौं । काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा नियमित आयोजना गरिँदै आएको कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको बताएका हुन् ।

उक्त अस्पतालमा कार्यरत २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको डा. देवकाेटाले बताए ।

Comments

Top