विश्वमा ६४ लाख ५० हजार संक्रमित, ३ लाख ८० हजार बढीको मृत्यु

world-corona

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या ६४ लाख ४९ हजार १ सय ५७ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वमा ३ लाख ८० हजार ६ सय ७२ जनाको मृत्यु भएको छ । अहिलेसम्म २९ लाख ५१ हजार ३ सय ५३ जना उपचारपछि निको भएर फर्किसकेका छन् ।

हालसम्म सबैभन्दा धेरै अमेरिकामा १८ लाख ७६ हजार ९ सय ९६ जना संक्रमित देखिएका छन् भने १ लाख ७ हजार ९ सय १० जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ५ लाख ३९ हजार ४५ जना संक्रमित भएका छन् भने हालसम्म ३० हजार ४ सय ८६ जनाको मृत्यु भएको छ ।

पछिल्लो दिनमा युरोपेली मुलुक रसियामा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । हालसम्म रसियामा ४ लाख २३ हजार ७ सय ७१ जना संक्रमित भेटिएका छन् भने ५ हजार ३७ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो दिनमा संक्रमितको संख्या एक्कासी बढ्दै गरेको छ । पछिल्लो तथ्यांकअनुसार भारतमा २ लाख ७ हजार १ सय ८३ जना संक्रमित भेटिएका छन् भने ५ हजार ८ सय २९ जनाको मृत्यु भएको छ ।

Comments

Top