छिमेकीको नियतिः भारतमा संक्रमित संख्या २ लाख नाघ्यो, ५ हजार ८ सय भन्दा बढीको मृत्यु

ind

 

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रमित हुनेको संख्या २ लाख नाघेको छ ।

पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गएको भारतमा हालसम्म २ लाख ७ हजार १ सय ८३ जना संक्रमित भेटिएका छन् भने ५ हजार ८ सय २९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा ८ हजार ८ सय ६३ जना संक्रमित देखिएको भारतमा २ सय २१ जनाको मृत्यु भएको छ ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ६४ लाख ४९ हजार १ सय ५७ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वमा ३ लाख ८० हजार ६ सय ७२ जनाको मृत्यु भएको छ । अहिलेसम्म २९ लाख ५१ हजार ३ सय ५३ जना उपचारपछि निको भएर फर्किसकेका छन् ।

हालसम्म सबैभन्दा धेरै अमेरिकामा १८ लाख ७६ हजार ९ सय ९६ जना संक्रमित देखिएका छन् भने १ लाख ७ हजार ९ सय १० जनाको मृत्यु भएको छ ।

त्यस्तै संक्रमितको दोस्रो स्थानमा रहेको ब्राजिलमा ५ लाख ३९ हजार ४५ जना संक्रमित भएका छन् भने हालसम्म ३० हजार ४ सय ८६ जनाको मृत्यु भएको छ ।

पछिल्लो दिनमा युरोपेली मुलुक रसियामा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । हालसम्म रसियामा ४ लाख २३ हजार ७ सय ७१ जना संक्रमित भेटिएका छन् भने ५ हजार ३७ जनाको मृत्यु भएको छ ।

Comments

Top