थप २०१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार ३ सय पुग्यो

1 Health

 काठमाडौं । बुधबार एकै दिन २०१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा बुधबार थप २०१ जनामा कोरोना पुष्टी भएको जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई हजार तीन सय पुगेको छ।

मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको संख्या २ सय ७८ पुगेको छ। डिस्चार्ज हुने पुरुष २२२ छन् भने ५६ महिला छन्।

Comments

Top