छिमेकीको नियतिः भारतमा ६ हजार ३ सय भन्दा बढीको मृत्यु, २ लाख २६ हजार संक्रमित

ind

काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा कोरोना संक्रतिको संख्या अत्याधिक बढ्दो क्रममा रहेको छ । भारतमा पछिल्ला दिनमा बढ्दै गएको कोरोनाबाट पछिल्लो २४ घन्टामा ९ हजार ८ सय ८९ जना संक्रमित देखिएका छन् । यससँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या २ लाख २६ हजार ७ सय २३ जना संक्रमित भेटिएका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या २ सय ७५ पुगेको भारतमा हालसम्म ६ हजार ३ सय ६३ जनाको मृत्यु भएको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या करिब ६७ लाख पुगेको छ । पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वमा ६६ लाख ९७ हजार ७ सय ६३ जना संक्रमित भएका छन् भने ३ लाख ९३ हजार १ सय २७ जनाको मृत्यु भएको छ । अहिलेसम्म ३२ लाख ४४ हजार ४ सय २३ जना उपचारपछि निको भएर फर्किसकेका छन् ।

हालसम्म सबैभन्दा धेरै अमेरिकामा १९ लाख २४ हजार ५१ जना संक्रमित देखिएका छन् भने १ लाख १० हजार १ सय ७३ हजारको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा मात्र अमेरिकामा १ हजार ३१ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा ६ लाख १५ हजार ८ सय ७० जना संक्रमित भएका छन् भने हालसम्म ३४ हजार ३९ जनाको मृत्यु भएको छ ।

 

Comments

Top